५ किलो गाँजासहित थाइल्याण्डबाट नेपाल आएका भारतीय नागरिक विमानस्थलबाट पक्राउ


काठमाडौं – थाइल्याण्डबाट ५ किलो गाँजा लिएर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत घर भएका ३१ वर्षीय मुहमम्द इसा कक्रिचाल पुथियापुरियाल छन् ।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

थाइ लायोन एयरको उडानबाट काठमाडौं आएका उनले लगेजमा ५ किलो ३० ग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया