
‘कुलिङ पिरियड’ सम्बन्धमा त्रुटि भए राष्ट्रियसभाबाट सच्याइन्छ : सभामुख घिमिरे
काठमाडाैं- सभामुख देवराज घिमिरेले सङ्घीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी अहिले चलिरहेको बहसबारे त्रुटि भएमा राष्ट्रियसभाबाट सच्याइने बताएका छन्।
सिंहदरबारमा रहेको आफ्नै कार्यकक्षमा आज पत्रकारसँग कुरा गर्दै उहाँले समितिबाट जे प्रस्ताव आयो, त्यही प्रतिनिधिसभाबाट पारित भएको बताए । के गल्ती भएको हो र त्यो नियतवश हो कि प्रक्रियागत त्रुटि भनेर पत्ता लगाउनुपर्ने र थप अध्ययन आवश्यक पर्ने सभामुख घिमिरेले बताउनुभएको छ । विधेयक राष्ट्रियसभामा पुगेको र संशोधनपछि पुनः प्रतिनिधिसभामा फर्किने उनको भनाइ छ ।
सङ्घीय निजामती सेवा विधेयकमा सरकारी सेवाबाट राजीनामा वा अवकाश भएको मितिले दुई वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्थामा थपघट गरी जालझेल भएको भन्दै अहिले सार्वजनिक रूपमा बहस भइरहेको छ ।



कागजपत्र |
