
विधेयकमा हेरफेरको आरोप, रास्वपाले समितिका सभापति खतिवडाको राजीनामा माग्यो
काठमाडाैं- संसदमा पेश भएको निजामती सेवा सम्बन्धी विधेयकमा देखिएको असमानता र अस्पष्टतामाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कडा आपत्ति जनाएको छ। खासगरी कुलिङ पिरियड सम्बन्धी प्रावधानमा देखिएको हेरफेरलाई लिएर रास्वपाले यो प्रक्रियालाई ‘गम्भीर लापरवाही’ भन्दै संसदीय समितिका सभापति रामहरि खतिवडालाई नै जिम्मेवार ठहर गर्दै राजीनामाको माग गरेको हो।
रास्वपाका प्रवक्ता तथा सांसद मनिष झाले सामाजिक सञ्जालमार्फत उक्त विधेयक संसद्मा प्रस्तुत गरिएको संस्करण र अन्तिममा आएको संस्करणबीच फरक देखिएको भन्दै सभापति खतिवडाको भूमिकामाथि प्रश्न उठाएका छन्। उनले खतिवडालाई या त गल्ती सच्याउन वा ‘नालायकीपन’ स्वीकार गर्दै पदबाट राजीनामा दिन सुझाएका छन्। साथै, उनले विधेयक पढ्नै नपढी समर्थन वा विरोध गर्ने अन्य सांसदहरूमाथि पनि व्यंग्य गरेका छन्।



कागजपत्र |
