
भुटानविरूद्ध नेपालको शानदार ब्याटिङ, राैनकले हाने शतक
काठमाडौं – एसीसी यू-१६ ईस्ट जोन कपमा रौनक श्रीवास्तवले भुटानविरुद्ध शतक प्रहार गरेका छन् ।
नेपालका लागि चौथो क्रममा आएका रौनकले ९५ बलमा १० चौका र १ छक्कासहित शतक पूरा गरेका हुन् । उनी अहिले १४४ रन बनाएर खेलिरहेका छन् ।
नेपाल ४६ ओभरको खेल सक्दा ४ विकेटको क्षतिमा ३१४ रन बनाएर खेलिरहेको छ।
यसअघि नेपालका ओपनर ब्याटल प्रसिद्ध जैसीले इन्डोनेसिया विरुद्ध १३२ रनको शतकीय पारी खेलेका थिए । नेपालले यसअघि समूह चरणको तीन खेल जितिसकेको छ ।



कागजपत्र |
