
डुब्यो धनगढी
कैलाली- आइतबारदेखि लगातार परेको अविरल वर्षाका कारण धनगढी बजार क्षेत्र र वरिपरिका बस्तीहरु पूर्ण रूपमा डुबेको छ। वर्षाका कारण यहाँका धेरै वस्तीहरू डुबानमा परेका छन् र जनजीवन प्रभावित भएको छ।
विशेष गरी निशर्ग अस्पताल वरिपरि रहेका बस्तीहरूमा पानी जमेर डुबानका स्थिति देखिएको छ। विद्यालय क्षेत्र पनि पानीले भरिएपछि धनगढीस्थित एक्सिस विद्या आश्रम, ऐश्वर्य माध्यमिक विद्यालय लगायतका विद्यालयले आकस्मिक विदा घोषणा गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अहिलेसम्म ठूलो क्षतिको सूचना प्राप्त नभएको तर निरन्तर वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै तयारी अवस्थामा राखिएको छ। स्थानीय प्रशासन र सुरक्षा निकायहरूले राहतका लागि तयारी थालेका छन्।
अविरल वर्षाका कारण धनगढीको जनजीवन प्रभावित बनेको छ र स्थिति थप जटिल हुन सक्ने सम्भावना रहेको छ।




कागजपत्र |
