आज पनि घट्यो सुनको मूल्य


काठमाडौं- सुनको मूल्य आज पनि घटेको छ। गएको शुक्रबार तोलामा दुई हजार नौसय रुपैयाँ घटेको सुनको मूल्य आज थप एक हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य आज तोलाको एक लाख ८८ हजार चारसय रुपैयाँमा झरेको छ। गएको शुक्रबार सुनको मूल्य तोलाको एक लाख ८९ हजार चार सय रुपैयाँ थियो।

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य तोलाको दुई हजार एकसय ४० रुपैयाँ निर्धारण भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया