राष्ट्र बैंकले ३० अर्ब निक्षेप खिच्दै


काठमाडौं-  नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ बराबरको निक्षेप खिच्दैछ।

राष्ट्र बैंकले निक्षेप संकलनको लागि ६३ दिन अवधिको बोलकबोलमार्फत ३० अर्ब रुपैयाँ निक्षेप आह्वान गर्ने भएको हो। चालु आर्थिक वर्ष २०८१/८२ को सुरुदेखि नै बैंकिङ प्रणालीमा अत्यधिक तरलता बढेकाले राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ। हाल कुल निक्षेप ७० खर्ब २० अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

निक्षेप संकलनको लागि अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल हुने छ र यसमा ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण गरिने छ। राष्ट्र बैंकले जनाएको छ कि बोलकबोलमा भाग लिने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज भदौ १५ गते भुक्तानी गरिनेछ।

बोलकबोलमा न्यूनतम रकम १० करोड रुपैयाँ र अधिकतम रकम ५ करोड रुपैयाँले भाग जान सक्ने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ। यसमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

 

प्रतिक्रिया