न्याम्सको सिनेट बैठक बस्दै, कर्मचारी युनियनद्वारा अनियमितताबारे छानबिन गर्न माग


काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको सिनेट (सभा) यही चैत्र २२ गते बस्ने भएको छ । प्रतिष्ठान कार्यकारी परिषद्को बैठकले सिनेट बैठक २२ गते बस्ने निर्णय गरेको हो ।

परिषद्को बैठक न्याम्स कार्यालयमै बस्ने प्रावधान भए पनि अस्पतालमा विगत लामो समयदेखि कर्मचारी र चिकित्सकहरुले राखेको मागदेखि डराएर परिषद् बैठक अन्यत्रै बसेको जनाइएको छ । कर्मचारीहरुले न्याम्ससँग सम्बन्धित अस्पतालको अनियमितता, कर्मचारी भर्नालगायतका विभिन्न विषयका माग परिषद बैठकबाट पारित गरि सभामा लैजान माग गरेका छन् सो माग सम्वोधनलाई कर्मचारीले सभाध्यक्ष तथा स्वास्थ्य मन्त्री एवं प्रतिष्ठानका सहकुलपति, स्वास्थ्य राज्यमन्त्री र स्वास्थ्य सचिवलाई पनि आफ्नो मागहरु सभामार्फत् पुरा गरी दिन माग गरेका छन् ।

यदि कर्मचारीको माग परिषद् बैठकबाट पारित नभई सिनेट बैठकमा नलगिए कडा कदम चाल्न बाध्य हुने कर्मचारी युनियनले जनाएको छ, साथै प्रतिष्ठान अघि नबढ्नुमा र अस्वस्थ्य हुनुमा रेक्टर डा. सुवोध अधिकारी, डिन डा. पियुष दाहल र ट्रमा सेन्टरका निमित्त मेडिकल सुपरिडेन्टेन्ट डा. सन्तोष पौडैल, डा गौरव ढकालका साथै उनीहरुका आसेपासे र मेडिकल माफियाका कारण खरिद एकाई बसी ब्यापक अनियमितता भएको छ ।

युनियनले आइसियु बेड थप गर्नुपर्ने, समयसापेक्ष ऐन तथा नियमावली संसोधन, अदालतको आदेश कार्यन्वयन गर्दै कर्मचारी वृद्धि बिकास, ट्रमा सेन्टर वीर अस्पताल मातहत सञ्चालन हुनुपर्ने, सेवा आयोग गठन, ओएनएम सर्वे, कर्मचारी र शिक्षक वृद्धि बिकास, स्तर वृद्धि, उपदान कोष स्थापना, सेवा अवधि गणना, दुवाकोट परियोजना सुरु गर्ने, नयाँ सर्जिकल भवन सञ्चालन, बिग्रिएको उपकरण तत्काल मर्मत गरी सञ्चालन गर्नुपर्ने माग गरेको छ ।

साथै युनियनले कर्मचारीको तलव भत्ता समयमै दिनु पर्ने करार तथा ज्यालादारी कर्मचारीलाई समान सेवा सुविधा दिनुपर्ने निजहरूलाई सेवा आयोगबाट लोकसेवाको नियम अनुसार स्थायी प्रक्रिया सुरू गर्नुपर्ने अस्पताल हुने चुवाहट रोक्नुपर्ने, वीर र ट्रमा सेन्टरमा भएको अनियमितताको समन्धमा छानविन हुनु पर्ने र तत्काल योग्य र सक्षम निर्देशक नियुक्ति हुनुपर्ने माग राखेका छन् । उनीहरुले वीरअस्पताल र ट्रमा सेन्टरको सुधारका लागि डा भुपेन्द्र बस्नेत, डा दिपेन्द्र श्रेष्ठ, डा दिपक दत्ता र डा रूद्र मरासनी छन् ।

प्रतिक्रिया