पूर्वप्रधानमन्त्री नेपाल पुगे विशेष अदालत, बयान सुरू हुँदै


काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् । पतञ्जली जग्गा प्रकरणमा बयानका लागि उनी बुधबार अदालतमा हाजिर भएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो ।

नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।

प्रतिक्रिया