
माधव नेपालको बयान न्यायाधीशत्रय राई, थापा र कोइरालाको इजलासमा
काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको बयान विशेष अदालतका तीन जना न्यायाधीशको इजलासमा हुने भएको छ ।
अदालतमा उपस्थित भएसँगै नेपालको बयान बुधबार न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलास नम्बर २ मा हुने तय भएको हो ।
नेपालले उपस्थित हुने भनी बुधबारै निवेदन दिएका थिए । यससँगै पेसी तोकिँदा न्यायाधीशत्रय राई, थापा र कोइराला रहेको इजलासमा परेको हो । नेपाल आफ्ना वकिलहरूसँगै बुधबार बिहान पौने ११ बजे अदालत पुगेका थिए ।
नेपालको बयान सकिएपछि थुनछेक बहस हुनेछ । नेपाल प्रधानमन्त्री भएका बेला पतञ्जलि आयुर्वेद तथा योगपीठ नेपाललाई जग्गा खरिद गर्दा हदबन्दी छुट दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।



कागजपत्र |
