
एचपीभी खोप अब कक्षा ६ मै: सरकारद्वारा बजेटसहितको घोषणा
काठमाडौं- अब कक्षा ६ मा अध्ययनरत सबै बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप दिने सरकारको निर्णय छ।
सोमबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिंदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले उक्त जानकारी दिएका हुन्। उनले बालिकाहरूको स्वास्थ्य सुरक्षाका लागि कक्षा ६ मा अध्ययनरत सबैलाई एचपीभी खोप उपलब्ध गराउने योजना रहेको उल्लेख गरे।
त्यस्तै, मन्त्री पौडेलले मानसिक स्वास्थ्य, विद्यालय स्वास्थ्य कार्यक्रम, सङ्क्रामक रोग तथा महामारी व्यवस्थापन, पाठेघरको मुख तथा स्तन क्यान्सर र प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सबै स्थानीय तहमा लागू गर्न आवश्यक बजेट विनियोजन गरिएको जानकारी पनि दिए।



कागजपत्र |
