
नेपालमा फेरि देखियो मंकीपक्सको संक्रमण, विदेशबाट आएका थिए संक्रमित
काठमाडौं— नेपालमा चौथो पटक एमपक्स (मंकीपक्स) संक्रमण पुष्टि भएको छ। साउदी अरबबाट हालै नेपाल आएका ३७ वर्षीय पुरुषमा लक्षण देखिएपछि गरिएको परीक्षणमा मंकीपक्स संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार संक्रमित व्यक्ति अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचाररत छन्। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएअनुसार, मंकीपक्स भाइरसका कारण सर्ने रोग हो, जुन सबैभन्दा पहिले बाँदरमा देखिएको थियो। त्यसै कारण यसको नाम मंकीपक्स रहन गएको हो।
यो रोग मुख्यतया मध्य तथा पश्चिम अफ्रिकामा देखिने भए पनि पछिल्ला वर्षहरूमा विश्वभर फैलने क्रम बढ्दो छ। त्यसैले मन्त्रालयले सतर्क रहन र लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।



कागजपत्र |
