ग्वार्को ओभरपासकाे उद्घाटन


ललितपुर- ललितपुरको ग्वार्कोमा निर्माण गरिएको ओभरपास शुक्रबार उद्घाटन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीबाट ओभरपासको उद्घाटन गराएका हुन्। उद्घाटनसँगै ओभरपासमा सवारीसाधन सञ्चालनमा आएका छन्।

यो ओभरपासको निर्माण कार्य ३९ महिनापछि सम्पन्न भएको हो। इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन मोडलअन्तर्गत ठेक्का दिइएको यो आयोजनाको जिम्मा आशिष-समानान्तर-रेलिगेर जेभीले पाएको थियो। ठेक्का रकम १७ करोड ६ लाख ८८ हजार रुपैयाँ रहेको थियो।

२०७८ फागुनमा निर्माण सुरु गरिएको ओभरपास दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। सोअनुसार २०८० फागुन १२ भित्र काम सकिने सम्झौता भए पनि निर्माण तोकिएको समयमा सम्पन्न हुन सकेन।

पछिल्लोपटक २०८१ पुस ९ सम्म म्याद थपिए पनि पुनः तोकिएको समयभित्र काम नसकिएपछि निर्माण कम्पनीलाई २०८१ पुस १० बाट दैनिक जरिवाना तिराउने शर्तमा काम गराइएको थियो। अन्ततः कम्पनीले जरिवाना तिर्दै निर्माण कार्य सम्पन्न गरेको हो।

प्रतिक्रिया