
ओभरपास उद्घाटनकै कारण ग्वार्कोमा ट्राफिक जाम
ललितपुर- ललितपुरको ग्वार्कोमा निर्माण सम्पन्न भएको ओभरपास शुक्रबार उद्घाटन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले ओभरपासको संयुक्त रूपमा उद्घाटन गरे।
यो ओभरपास दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो, तर म्याद पटक–पटक थपिँदा र डिजाइनमा परिवर्तन आउँदा निर्माण कार्य पूरा हुन ३९ महिना लाग्यो।
उद्घाटन समारोह शुक्रबार अपरान्ह ४ बजे आयोजना गरिएको थियो। उक्त कार्यक्रम ओभरपासकै बीच भागमा आयोजना गरिएकोले गर्दा दायाँ–बायाँ सडकमा सवारी जाम भएको थियो।
कार्यक्रम त्यही समयमा राखिएकोले नियमित रूपमा सवारी चाप हुने ग्वार्को चोकमा थप भीडभाड बढेको थियो। उद्घाटनकै कारण चर्को ट्राफिक जाम भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।



कागजपत्र |
