एनओसीमा सुधार नभए आन्दोलनमा उत्रिने नेविसंघको चेतावनी


काठमाडौं- नेपाल विद्यार्थी संघ (नेविसंघ) ले वैदेशिक अध्ययनका लागि आवश्यक पर्ने अध्ययन अनुमति पत्र (एनओसी) को प्रक्रियामा अनियमितता भएको भन्दै कडा आपत्ति जनाएको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै नेविसंघले एनओसी प्रक्रिया अपारदर्शी र अनियमित भएको आरोप लगाएको हो। नेविसंघका प्रवक्ता सुरज सेजुवालद्वारा जारी विज्ञप्तिमा गलत कार्यमा संलग्न कन्सलटेन्सीहरूलाई तत्काल बन्द गर्न र सम्बन्धित दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ।

विज्ञप्तिमा विद्यार्थी र अभिभावक ठगिन थालेको, शिक्षा मन्त्रालयको नियमन कमजोर रहेको, र सरकार तथा मन्त्रालयले मौनता साँधेकोप्रति पनि गम्भीर आपत्ति जनाइएको छ।

नेविसंघले हालै गठन गरिएका समिति तथा नीतिहरूको कार्यान्वयनमा पारदर्शिता हुनुपर्ने माग राख्दै सुधार नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

प्रतिक्रिया