


जावलाखेल चिडियाखानाबाट चोरी प्रयास भएको रेडपाण्डाको मृत्यु

काठमाडौं – ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा दुईपटक चोरी प्रयासको सिकार बनेको संरक्षित वन्यजन्तु रेडपाण्डाको शनिबार मृत्यु भएको छ।
चिडियाखानाका प्रमुखका अनुसार, चोरीको प्रयासपछि अत्यधिक त्रसित रेडपाण्डामा किड्नीसम्बन्धी समस्या देखिएपछि उपचारका क्रममा चिडियाखानाभित्रै मृत्यु भएको हो।
यसअघि ३० वैशाख राति चिडियाखानाबाट रेडपाण्डा चोरी गर्ने प्रयास भएको थियो। अनुसन्धानका क्रममा प्रहरीले भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार रेडपाण्डा ५ लाख भारतीय रुपैयाँमा बेच्ने तयारीमा थिए। ग्राहकको पहिचान भए पनि उनी फरार छन्। कोषले घटनामा कर्मचारीको लापरबाहीबारे छुट्टै छानबिन गरिरहेको छ।

