९ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ।

आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा ९०० र चाँदी रु ६५ ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९५ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी दुई हजार २२५ मा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया