
तुईनखोला पुल नजिक सुख्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध
नारायणघाट–मुग्लिन सडकखण्डको तुईन खोला पुल नजिकै मंगलबार मध्यान्ह १२ बजे सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माले नयाँ पुल निर्माणको क्रममा पहरो काटिएको ठाउँबाट पहिरो खसेको बताए।
हाल सडकमा खसेको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
सडक डिभिजन भरतपुरका अनुसार थप पहिरो नखसे दुई–तीन घण्टाभित्र सडक सञ्चालनमा आउने सम्भावना छ।



कागजपत्र |
