

महोत्तरीको औरहीमा गोली चल्यो, एकजना घाइते

काठमाडौं– महोत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । औरही नगरपालिका–६ बैरियामा अज्ञात समूहले चलाएको गोलीबाट रोशन कोइराला घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी दिनेश आचार्यका अनुसार गोली प्रहारबाट बर्दिवास नगरपालिका–१ का ३० वर्षीय कोइराला घाइते भएका हुन्। कोइरालालाई २ वटा गोली लागेको छ।
एउटा गोली उनको हातमा र अर्को कोखामा लागेको एसपी आचार्यले अनलाइनन्यूजलाई जानकारी दिए। गोली लागेर घाइते भएका कोइरालाको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ।
गोली चलाउने समूहको पहिचान खुल्न नसकेकाले घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

