सुनकोसीमा डुबेर युवकको मृत्यु


काभ्रेपलाञ्चोक – सुनकोसी नदीमा डुबेर एकजनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर २४ वर्षीय साजन वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महाभारत गाउँपालिका–४ निवासी वाइबा आइतबार (जेठ २५) बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया