


नेपाली कांग्रेसका कार्यालयहरू ‘नो प्लास्टिक जोन’ मा रूपान्तरण हुँदै

काठमाडौं- नेपाली कांग्रेसले स्वदेश र विदेशस्थित आफ्ना सबै पार्टी कार्यालयलाई ‘नो प्लास्टिक जोन’ घोषणा गर्ने निर्णय गरेको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले २१ जेठमा मातहतका सबै कार्यालयहरूलाई सर्कुलर पठाउँदै यो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
अनुसार, जेठ २२ गतेदेखि नेपाली कांग्रेसका सबै कार्यालयहरूमा प्लास्टिकजन्य वस्तुको प्रयोगमा रोक लगाइनेछ।
यसअघिको एक कार्यक्रममार्फत कांग्रेस सभापति शेरबहादुर देउवाले वातावरण र जलवायु सरोकार विभागले १८ जेठमा सानेपामा आयोजना गरेको कार्यक्रममा पार्टी कार्यालयहरूलाई प्लास्टिकमुक्त बनाउने प्रतिबद्धता जनाएका थिए।
यो निर्णयलाई कांग्रेसले वातावरण संरक्षण र जलवायु संकटप्रति पार्टीको प्रतिवद्धताको रूपमा व्याख्या गरेको छ।

