
अख्तियारले गरेको कामकारबाहीमा सरकारलाई दोष लगाउनु अनुचित: सञ्चारमन्त्री
काठमाडाैं- सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको छानबिनका विषयमा टिप्पणी गर्नु अनुचित हुने बताएका छन्।
विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँगको कुराकानीमा मन्त्री गुरुङले अख्तियारको दुरुपयोग गर्नेलाई आयोगले छानबिन गर्नु स्वाभाविक भएको बताए।
मन्त्री गुरुङले प्रतिनिधिसभाको अवरोध चाँडै हट्ने विश्वास व्यक्त गरेका छन् । कर्मचारीको गल्तीमा विभागीय मन्त्रीले राजीनामा दिनुपर्ने विषय तर्कसङ्गत नभएको भन्दै उहाँले प्रतिपक्षी दलले प्रतिशोध लिने हिसाबले संसद्मा अवरोध गरिरहेका टिप्पणी गरे।
मन्त्री गुरुङले चालू अधिवेशनबाटै निजामती कर्मचारी ऐन र शिक्षा ऐन जारी हुने जानकारी पनि दिए ।



कागजपत्र |
