निष्कर्षविहीन बन्यो सत्तापक्ष र प्रतिपक्ष दलबीचको छलफल


काठमाडौं – भिजिट भिसा प्रकरण र संसद् सञ्चालनको विषयमा विपक्षी र सत्तारुढ दलबिच भएको छलफल निष्कर्षविहीन भएको छ ।

शुक्रबार बानेश्वरमा बसेको सत्ता र प्रतिपक्ष दलबिचको छलफलमा सहमति जुट्न नसकेको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

यसअघि बानेश्वरमा विपक्षी दलको बैठक बसेको थियो । उच्चस्तरीय छानबिन समिति गठनको सुनिश्चितता नभएसम्म सदन चल्न नसक्ने ठहर विपक्षी दलले गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डको कार्यकक्षमा बसेको माओवादी, रास्वपा, एकीकृत समाजवादी, नेसपा र आजपाको बैठकले भिजिट भिसामा छानबिन समिति गठनको सुनिश्चितता नभएसम्म संसद् बैठक बस्न नसक्ने निष्कर्ष निकालेको हो ।

आफूहरूको अडान यथावत रहेको भन्दै परियारले भने,‘सत्तापक्ष पनि आफ्नै अडानमा छ’,आजको प्रयास पनि सफल हुन सकेन ।’

 

प्रतिक्रिया