
२६ लाख रुपैयाँ बराबरको सुन ठगी गर्ने दुई जना काठमाडौंमा पक्राउ
काठमाडौं- काठमाडौंमा २६ लाख रुपैयाँ बराबरका सुनका गरगहना ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–११ का ३८ वर्षीय दानबहादुर तामाङ र २६ वर्षीय दानबहादुर तामाङ रहेका छन्। उनीहरूले काठमाडौंका विभिन्न स्थानमा सर्वसाधारणलाई ठगी गरेको आरोप प्रहरीले लगाएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनीहरूले आफूहरू विदेशबाट भर्खरै फर्किएको भन्दै मानिसलाई विदेशी मुद्रा साट्न सहयोग गरेबापत पैसा दिने प्रलोभन देखाउँथे। त्यसकै भरमा गहना लिई फरार हुने गरेको खुलेको छ।
पक्राउ परेपछि जिल्ला अदालत, काठमाडौंबाट पाँच दिनको म्याद लिएर उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
