


प्रतिनिधिसभा बैठक २ बजेका लागि सर्यो

काठमाडौं- दलहरु छलफलमा व्यस्त हुँदा प्रतिनिधिसभा बैठक २ बजेका लागि सरेको छ ।
मंगलबार बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । तर, सत्तापक्ष र प्रतिपक्षीबीच बैठक सञ्चालन गर्ने विषयमा सहमति हुन नसकेपछि बैठक सरेको हो । संसद् सचिवालयकाअनुसार अब बैठक २ बजे बस्ने तयारी छ ।
गृहमन्त्रीको जवाफमा चित्त बुझे दलीय आधारमा बोल्ने र बैठक अघि बढाउनेगरी सहमति बनेपछि अहिले विपक्षी दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।

