घरमै पार्किङ गरेको मोटरसाइकलमा आगलागी


धनगढी- धनगढीमा घरमै पार्किङ गरेको मोटरसाइकलमा आगलागी हुँदा जलेर नष्ट भएको छ।

धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित बसन्त कुँवरको घरमा गएराति करिब ८ बजे भएको आगलागीबाट एउटा मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ।

प्रहरीका अनुसार घरमा पार्किङ गरी राखिएको सुदूरपश्चिम प्रदेश ०१–००९ प ३७५४ नम्बरको मोटरसाइकलमा एक्कासि आगलागी भएको हो। आगलागीको कारण खुल्न सकेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाइएको छ।

 

प्रतिक्रिया