सुनको मूल्यमा सामान्य वृद्धि


काठमाडौं- नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो । यससागै आइतबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । शुक्रबार तोलामा १९ सय ८० रुपैयाँ कायम भएको चाँदी आइतबार १९ सय ८५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया