

१२ लाख ९८ हजार कित्ता एफपिओ निष्कासन गर्दै किसान लघुवित्त

काठमाडौं – किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ लाख ९८ हजार २५९ कित्ता एफपिओ निष्कासन गर्नको लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त धितोपत्र निष्कासन सम्बन्धी सम्झौता पत्रमा किसान लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
किसान लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी एक अर्ब, जारी पूँजी ५२ करोड २६ लाख र चुक्तापूँजी ३९ करोड २८ लाख रहेको छ भने सर्वसाधारणहरुलाई थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यु) मार्फत शेयर जारी गरे पश्चात वित्तीय संस्थाको चुक्तापूँजी ५२ करोड २६ लाख हुनेछ ।
किसान लघुवित्त वित्तीय संस्था (साविकको एनआरएन) कम्पनी ऐन, २०६३ अन्तर्गत २०७५ साल माघ ७ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो ।

