गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट दर्ता


काठमाडौं- नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। नियुक्तिको दोस्रो दिनमै परेको रिट मंगलबार दर्ता गरिएको हो।

रिटकर्ता मध्येका अधिवक्ता अनन्त लुइँटेलका अनुसार उक्त रिटमा बुधबारको लागि पेसी तोकिएको छ। रिटमा गभर्नर नियुक्ति प्रक्रियामा ‘म्याच फिक्सिङ’ शैली अपनाइएको आरोप लगाइएको छ। साथै, राष्ट्र बैंक ऐनले तोकेको शैक्षिक योग्यताको मापदण्डसमेत पौडेलले पूरा नगरेको जिकिर गर्दै नियुक्ति खारेजको माग गरिएको छ।

संवेदनशील निकायमा प्रक्रिया मिचेर गरिएको नियुक्ति र योग्यता अभावको आधारमा पौडेललाई गभर्नरको जिम्मेवारीमा निरन्तर राख्न नहुने भन्दै रिटकर्ताले अन्तरिम आदेश माग गरेका छन्।

डा. पौडेल जेठ ६ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका थिए।

प्रतिक्रिया