

नागढुङ्गा सुरुङमार्ग २०२६ जनवरी १ देखि सञ्चालन गर्ने तयारी

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आइतबार नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निरीक्षण गरेका छन्। मन्त्रालयका सचिवसहित उच्च अधिकारीहरूको टोलीसहित मन्त्री दाहालले निर्माणाधीन सुरुङमार्गको अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री दाहालले यो सुरुङमार्ग नेपालका लागि गौरवको विषय भएको बताएका छन्।
उनका अनुसार, सुरुङमार्गको सब–अपरेशन (आंशिक सञ्चालन) कार्य आगामी कात्तिक ७ गतेदेखि सुरु गरिनेछ भने सन् २०२६ को जनवरी १ तारिखदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ।

