

सुन चाँदी दुवैको घट्यो मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको अन्तिम दिन सुनको मूल्यमा गिरावट आएको छ ।
शुक्रबार सुन प्रतितोला १ हजार १ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रूपैयाँ तोकेको थियो ।
उता चाँदीको मूल्य पनि २० रूपैयाँले घटेको छ। जसअनुसार बिहीबार प्रतितोला २ हजार २५ रुपैयाँमा किनेबच भएको चाँदीको मूल्य आज २ हजार ५ रुपैयाँमा खरिदबिक्री गर्न सकिनेछ ।

