

पर्यटक बसको ठक्करबाट खोलामा खस्यो हाइलक्स

काठमाडौं — काठमाडौंबाट पोखरा जाँदै गरेको पर्यटक बसको ठक्करबाट धादिङको महादेवबेशीमा हाइलक्स गाडी नदी किनारमा खसेको छ ।
शुक्रबार बिहान बागमती प्रदेश ०१—००१ प १७०५ नम्बरको बसको ठक्करबाट बा १८ च ८३८० को गाडी नदीमा खसेको हो ।
विपरीत दिशाबाट आएको गाडीलाई बसले ठक्कर दिई दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
महादेवबेशीमा कार्यरत प्रहरी हवल्दार प्रदीप डिसीका अनुसार घाइतेहरुको उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

