

विष्णुमती किनारमा पानी जम्दा यात्रुलाई सास्ती

ललितपुर- बर्खा लागेपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पानी जमेर हैरानी हुन थाल्छ । पानी र ढलको राम्रो निकास नहुँदा स्थानीयबासिन्दासँगै सवारीचालक र यात्रुले सास्ती भोग्नुपर्छ ।
आज पनि विष्णुमती खोला किनारका डल्लु, पुल र टंकेश्वर क्षेत्रमा पानी जमेको छ । वर्षापछि डल्लु पुल क्षेत्र र टंकेश्वर आसपासका सडकहरूमा पानी जम्दा आवतजावतमा समस्या भएको छ ।

