

माधव नेपालद्वारा आफूहरू निकट युवासंघ कार्यालयको औपचारिक उद्घाटन

काठमाडौं – वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल नेतृत्वको नेकपा (एमाले) निकट युवा संघ कार्यालयको औपचारिक उद्घाटन भएको छ।
युवा संघले बबरमहलमा आयोजित विशेष कार्यक्रमबीच वरिष्ठ नेता माधव नेपालले कार्यालय भवनको औपचारिक रूपमा उद्घाटन गरेकाे हाे ।
देशमा विकसित राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको छ भन्दै नेता नेपालले युवाहरू संगठीत हुनुपर्ने बताए।

