राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. विश्व पौडेल नियुक्त


काठमाडौं- नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो। मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

आजै बसेको गभर्नर छनोट सिफारिस समितिको बैठकले उनीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले  विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो।

राष्ट्र बैंकमा डेढ महिनापछि गभर्नर पद रिक्त थियाे । चैत २३ गते महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त रहँदै आएको हो ।

प्रतिक्रिया