१८औं गभर्नरमा विश्व पौडेल, अहिलेसम्म को-को भए गभर्नर ?


काठमाडौं – नेपाल राष्ट्र बैंक स्थापना भएको ७० वर्ष पुगेको छ । केन्द्रीय बैंकको स्थापना वि.स २०१३ साल वैशाख १४ गते भएको थियो स्थापना भएको ७ दशकमा आइपुग्दा केन्द्रीय बैंकमा १७ जना गभर्नरहरुले नेतृत्व लिइसकेका छन् ।

१. हिमालयशमशेर जबरा

हिमालयशमशेर जङ्गबहादुर राणा नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हुन् । उनले वि.स. २०१३ बैशाख १४ देखि २०१७ माघ २५ गतेसम्म गरि जम्मा २ वर्ष ८ महिना राष्ट्र बैंकमा गभर्नरको रुपमा काम गरेका थिए । उनले पछि हिमालयन बैंक लिमिटेड नामको बैंक खोलेका छन् । जुन नेपालको ‘क’ बर्गको बैकको बैंक हो । उनी नेपालका पहिलो अर्थसचिव समेत हुन् । देशको पहिलो अर्थसचिव भई कार्यरत रहँदा अर्थमन्त्रालय र त्यस मन्त्रालय मातहतका नयाँ निकायहरु संस्थापन गर्न सक्रिय भूमिका निर्वाह गरेका थिए ।

२. लक्ष्मीनाथ गौतम

लक्ष्मीनाथ गौतम नेपाल राष्ट्र बैंकको दोस्रो गभर्नर हुन् । उनले वि.स २०१७ साल माघ २६ गतेबाट वि।स। २०२२ असार ३ गतेसम्म राष्ट्र बैंकको दोस्रो गभर्नरका रुपमा रहेका थिए । जननिवार्चित सरकारलाई अपदस्त गरी महेन्द्रले शासन सत्ता हातमा लिएका वेला उनी गर्भनरका रुपमा नियुक्त पाएका थिए । उनले केवल राजा महेन्द्रका मुद्रामा हस्ताक्षर गरेका थिए ।

३. प्रद्युम्नलाल राजभण्डारी

प्रद्युम्नलाल राजभण्डरी नेपाल राष्ट्र बैंकको तेस्रो गभर्नर हुन् । गभर्नर राजभण्डारीले वि.स.२०२२ असार ४ गतेबाट नियुक्ति लिइ वि.स.२०२३ साउन १९ गतेसम्म राष्ट्र बैंकको कार्यभार सम्हालेका थिए । उनले पनि केवल राजा महेन्द्रका मुद्रामा हस्ताक्षर गरेका गर्न पाए ।

४. डा. भेषबहादुर थापा

डा. भेष बहादुर थापा नेपाल राष्ट्र बैंकको चौथो गभर्नर हुन् । उनी नेपालका पूर्व राजदूत, पूर्व परराष्ट्रमन्त्री समेत हुन् । उनी वि.स. २०२३ देखि २०२४ सम्म गभर्नर रहेका थिए । त्यसपश्चात् भने उनी अर्थसचिव, अर्थराज्यमन्त्री तथा अर्थमन्त्री समेत बनेका थिए । थापा अमेरिकाका लागि नेपाली राजदुतका रुपमा दुई कार्यकाल तथा भारतका लागि नेपाली राजदुतको रुपमा एक कार्यकाल बिताएका छन् । त्यस्तै राजा ज्ञानेन्द्रको पालामा परराष्ट्रमन्त्री सम्म बनेका थिए । थापालाई नेपालको कुटनीति तथा परराष्ट्र सम्बन्धका बारेमा विज्ञ मानिन्छन् ।

५. डा. यादवप्रसाद पन्त

नेपाल राष्ट्र बैंकका पाचौं गभर्नर डा. यादवप्रसाद पन्त हुन् । डा. पन्त नेपालका अर्थशास्त्री तथा अर्थविद् हुन् । उनले वि।स। २०२५ बैशाख २ गतेबाट २०३० बैशाख ६ गतेसम्म राष्ट्र बैंकको गभर्नरका रुपमा रहेका थिए । उनले आफ्ना लेखनहरूबाट नेपालको अर्थतन्त्रलाई विश्वसामु चिनाउन योगदान गरेका छन् । पन्तले जापानका लागि नेपाली राजदुत, नेपाल राष्ट्र बैङ्कका पाँचौं गभर्नर, वाणिज्य तथा जलश्रोत र अर्थमन्त्री लगायतका पदमा रही काम गरेका थिए ।

६. कुलशेखर शर्मा

कुलशेखर शर्मा नेपाल राष्ट्र बैंकको छैठौं गभर्नर हुन् । वि.स २०३० बैशाख १७ गतेबाट २०३६ मंसिर २६ गतेसम्म गभर्नरका रुपमा रहेका थिए । उनले त्यसबेलाका राजा विरेन्द्रको मुद्रामा हस्ताक्षर मात्र गर्न पाएका थिए ।

७. कल्याणविक्रम अधिकारी

कल्याणविक्रम अधिकारी नेपाल राष्ट्र बैङ्कको सातौं गभर्नर हुन् । अधिकारीको कार्यकाल वि.स. २०३६ जेठ ३० गतेदेखी सुरु भएर २०४१ मंसिर २३ गतेसम्म रहेको थियो । उनका हस्ताक्षर सम्पूर्ण राजा वीरेन्द्रको मुद्रा मात्र रह्यो ।

८. गणेशबहादुर थापा

गणेशबहादुर थापा नेपाल राष्ट्र बैंकको आठौं गभर्नर हुन् । राष्ट्र बैंकमा उनको कार्यकाल वि।स २०४१ मंसिर २३ गतेबाट २०४७ जेठ ८ गतेसम्म रहेको थियो । उनका हस्ताक्षर राजा वीरेन्द्रको मुद्रामा मात्र रह्यो ।

९. हरिशंकर त्रिपाठी

हरिशंकर त्रिपाठी नेपाल राष्ट्र बैङ्कको नवौँ गभर्नर हुन् । उनको कार्यकाल वि.स २०४७ साउन २६ गतेबाट २०५१ माघ ३ गतेसम्म रह्यो । उनका हस्ताक्षरी सम्पूर्ण राजा वीरेन्द्रको मुद्रा मात्र रह्यो ।

१०. सत्येन्द्रप्यारा श्रेष्ठ

सत्येन्द्रप्यारा श्रेष्ठ राष्ट्र बैंकको दशौं गभर्नरका रुपमा काम गर्ने अवसर पाएका थिए । उनको कार्यकाल वि.स. २०५१ माघ महिनाको ४ गतेबाट सुरु भएर २०५६ माघ ३ गतेसम्म रहेको थियो । राष्ट्र बैंकको गभर्नर भएका हुन् । उनका हस्ताक्षर सम्पूर्ण राजा वीरेन्द्रको मुद्रामा मात्र रह्यो ।

११. डा. तिलकबहादुर रावल

डा. तिलकबहादुर रावल नेपाल राष्ट्र बैङ्कको एघारौं गभर्नर हुन् । उनको कार्यकाल वि.स २०५६ माघ ४ गतेबाट २०५७ भदौ १२ गतेसम्म गभर्नर बनेका थिए । केही समय आर्थिक अनिमिताको भ्रष्टाचार मामिलामा परी वर्खास्त हुँदा दिपेन्द्रपुरुष ढकाललाई गभर्नर नियुक्त गरिएको थियो । तर पछि उनलाई पुनर्वहाली गरियो । पुनः उनलाई वि.स २०६१ साल माघ ४ गतेसम्म राष्ट्र बैंकको ११ औं गभर्नरको भूमिकामा काम गरेको थिए ।

१२. दिपेन्द्रपुरुष ढकाल

दिपेन्द्रपुरुष ढकाल नेपाल राष्ट्र बैङ्कको बाह्रौं गभर्नर हुन् । उनको कार्यकाल वि.स २०५७ भदौ १३ गतेबाट सुरु भएर २०५८ बैशाख ४ गतेसम्म रहेको थियो । तिलकबहादुर रावल वर्खास्त हुनासाथ उनी नियुक्त भएका थिए । पछि पुनः तिलकबहादुर रावललाई पुनर्वहाली गरिँदा उनलाई अन्य पदमा स्थानान्तरण गरिएको थियो ।

१३. विजयनाथ भट्टराई

विजयनाथ भट्टराई नेपाल राष्ट्र बैङ्कको तेर्हौं गभर्नर हुन। उनी राजन्त्रको अन्तिम तथा ककगणतान्त्रिक नेपालका पहिलो गभर्नर हुन् । उनले २०६१ माघ १८ गतेदेखि २०६५ माघ २ गतेसम्म सम्हालेका थिए । केही समय भ्रष्टाचार मामिलामा परी वर्खास्त हुँदा दिपेन्द्र बहादुर क्षेत्रीलाई गभर्नर नियुक्त गरिएको थियो । तर पछि उनलाई पुनर्वहाली गरियो । समग्रमा उनको कार्यकाल २०६६ माघ २६ गतेसम्म उनले गभर्नरको रुपमा काम गर्ने अवसर पाएका थिए ।

१४. दिपेन्द्रबहादुर क्षेत्री

दिपेन्द्रबहादुर क्षेत्री नेपाल राष्ट्र बैङ्कको चौधौं गभर्नर हुन् । गभर्नर विजयनाथ भट्टराई वर्खास्त हुनासाथ उनी नियुक्त भएका थिए । पछि पुनः विजयनाथ भट्टराईलाई पुनर्वहाली गरिँदा उनलाई अन्य पदमा स्थानान्तरण गरियो । उनको कार्यकाल २०६५ माघ २ गतेबाट सुरु भएर २०६६ साउन ११ गतेसम्म रहेको थियो । क्षेत्री राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् हुन् ।

१५. डा. युवराज खतिवडा

डा. युवराज खतिवडा नेपाल राष्ट्र बैंकका १५ औं गभर्नर हुन् । खतिवडाले वि।स २०६६ चैत ९ गतेबाट २०७१ साल चैत ५ गतेसम्म राष्ट्र बैंकको गभर्नरका रुपमा रहेका थिए । डा. खतिवडा नेपाली अर्थविद् तथा पर्व अर्थमन्त्री हुन् । खतिवडाले वि.सं. २०५९ देखि २०६२ सम्म नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष भएर काम गरेका थिए ।

१६. डा. चिरञ्जीवी नेपाल

डा. चिरञ्जीवी नेपाल नेपाल राष्ट्र बैङ्कको सोह्रौं गभर्नर हुन् । उनले २०७१ साल चैत ५ गते देखि २०७६ चैत्र २४ सम्म गभर्नरका रुपमा काम गरेका थिए । उनले आर्थिक सल्लाहकारका रुपमा काम गरेका छन् । त्यस्तै अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख सल्लाहकार, धितोपत्र बोर्डका कार्यकारी अध्यक्षलगायत विभिन्न संघ संस्थाहरुमा समेत संलग्नता रहेको थियो।

१७. महाप्रसाद अधिकारी

महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैङ्कको सत्रौं गभर्नर हुन् । अधिकारीले वि.स. २०७६ चैत्र २४ गते देखि २०८१ चैत्र २४ गतेसम्म गभर्नरको रुपमा काम गरेको थिए । ३० वर्ष राष्ट्र बैंकमा रहँदा अधिकारीले संस्थागत सुशासनलाई धेरै महत्व दिएका थिए । २०७८ चैत्र २५ मा तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो तर सर्वोच्चको ‘स्टे अर्डर’ पछि फेरि गभर्नरमा पुनः बहाली भएका थिए ।

१८. डा. विश्व नाथ पौडेल

डा. विश्व नाथ पौडेल नेपाल राष्ट्र बैंकको इतिहासमा १८ औं गभर्नर बनेका छन् । मंगलबार बसेको मन्त्रीपरिषद्ले पौडेललाई राष्ट्र बैंकको १८ औं गभर्नरका रुपमा नियुक्ति गरेको हो । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका पौडेल उत्कृष्ट अर्थशास्त्रीका रुपमा परिचित छन् । २०७९ को आम निर्वाचनमा चितवन क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएर रास्वपाका उम्मेदवार हरि ढकालसँग पराजित भएका पौडेल नेपाली कांग्रेसभित्र राम्रा अर्थविज्ञका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया