कैलालीमा हावाहुरीले ढालेको रुखले लागेर शिक्षककाे मृत्यु


धनगढी– कैलालीमा हावाहुरीले ढलेको रुखले लाग्दा घाइते भएका एक शिक्षकको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका–१ स्थित सुन्दर टोलमा आइतबार बिहान चलेको हावाहुरीका कारण रुख ढलेर लाग्दा राष्ट्रिय माध्यमिक विद्यालय, सुखडका प्रधानाध्यापक ५२ वर्षीय कर्णबहादुर भण्डारी गम्भीर घाइते भएका थिए।

घाइते भण्डारीलाई सुरुमा उपचारका लागि नजिकैको घोडाघोडी अस्पताल, सुखड लगिएको थियो। प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको थियो।

तर, उपचारकै क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए।

प्रतिक्रिया