दुई–चार दिनभित्र गभर्नर नियुक्ति हुन्छ : प्रवक्ता गुरुङ


काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति अब ढिलो नहुने बताएका छन्। मंगलबार मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले दुई–चार दिनभित्र नयाँ गभर्नर नियुक्त हुने दाबी गरे।

‘अब तलमाथि नहुने गरी हामीले छिट्टै नयाँ गभर्नर पाउनेछौं,’ मन्त्री गुरुङले पत्रकारहरूसँग भने।

नेपाल राष्ट्र बैंकको गभर्नरको पद केही समयदेखि रिक्त रहँदा बजेट निर्माणको संवेदनशील समयमा समेत सरकारले नियुक्तिमा ढिलाइ गरेको भन्दै आलोचना हुँदै आएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गभर्नर नियुक्तिमा योग्यता र क्षमतालाई प्राथमिकता दिइने स्पष्ट पारेका छन्। प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्र बैंकमा मेरो मान्छे ल्याउनु छैन। मेरिटोक्रेसीका आधारमा योग्य र काम गर्न सक्ने व्यक्ति नियुक्त हुनेछ।’

प्रधानमन्त्री ओलीले थपे, ‘म प्रधानमन्त्री हुँ, तर सरकारका म मात्रै होइन। त्यसैले सम्भव भएसम्म म मेरिटोक्रेसीलाई नै प्राथमिकता दिन्छु।’

 

प्रतिक्रिया