भारत–पाकिस्तान सैन्य झडपमा पाक सेनाका ११ जना मारिए, ४० सर्वसाधारणको ज्यान गयो


इस्लामाबाद — भारतसँग भएको पछिल्लो सैन्य झडपमा पाकिस्तानका ११ सैनिकको ज्यान गएको पाकिस्तानी सेनाको इन्टर–सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर)ले जनाएको छ।

आईएसपीआरले मंगलबार जारी गरेको विज्ञप्तिमा मे १० मा भारतीय आक्रमणका कारण एक स्क्वाड्रन लिडरसहित वायु सेनाका ५ जना र अन्य ६ सैनिकको मृत्यु भएको उल्लेख गरिएको छ।

यसै झडपका क्रममा भारतको आक्रमणमा परी सात महिला र १५ बालबालिकासहित ४० सर्वसाधारणको पनि मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन्। घाइतेहरूमध्ये १० बालबालिका र २७ महिला रहेका छन्।

चार दिनसम्म चलेको लडाइँपछि दुवै मुलुकले शनिबार युद्धविरामको घोषणा गरेका छन्।

प्रतिक्रिया