विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास


काठमाडौं — भारतीय स्टार ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन् ।

२०११ मा डेब्यू गरेका ३६ वर्षीयले भारतका लागि १२३ टेष्ट खेल्दै ९२३० रन बनाएका छन् । सो क्रममा ३० शतक र ३१ अर्थशतक प्रहार गरेका छन् । विराटले लामो समय भारतको कप्तानीसमेत गरेका थिए ।

‘…म कृतज्ञताले भरिएको हृदय लिएर जाँदै छु- खेलको लागि, मैले मैदान साझा गरेका मानिसहरूको लागि, र बाटोमा मलाई देख्ने हरेक व्यक्तिको लागि । म सधैँ मेरो टेस्ट करियरलाई मुस्कानका साथ फर्केर हेर्छु,’ कोहलीले इन्स्टाग्राममा लेखेका छन् ।

केही दिनअघि मात्रै कप्तान रोहित शर्माले टेष्ट क्रिकेटबाट सन्न्यास लिएका थिए । रोहित र विराटले टी-२०आई क्रिकेटबाट एकसाथ संन्यास लिएका थिए । दुवैले एकदिवसीय क्रिकेटमा भने खेल्नेछन् ।

 

 

प्रतिक्रिया