धनकुटा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो


धनकुटा — धरानबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस धनकुटा नगरपालिका–६ स्थित गोठगाउँ नजिकैको जिरोप्वाइन्टमा करिब ५० मिटर तल खस्दा हालसम्म तीन जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्।

मृतकमध्ये बस चालक धरान–१३ निवासी ५१ वर्षीय रुद्र तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओम प्रकाश खनालले जानकारी दिए। यस्तै, भोजपुर षडानन्द नगरपालिका–१३ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भयो। यसअघि ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको धनकुटा अस्पतालमा निधन भइसकेको थियो।

घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ र उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

सोमबार धरानबाट धनकुटा आउँदै गरेको १ ख. २१७७ नम्बरको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको थियो ।

प्रतिक्रिया