

फेवातालको बीचमा फसे मानिस, उद्दारमा खटिए सुरक्षाकर्मी

पोखरा – एक्कासी हावाहुरीसहित वर्षा भएपछि फेवातालमा मानिसहरु फसेका छन् । फेवातालमा डुंगा चलाएर कायकिङ गरिरहेका १८ जना फसेको बताइन्छ ।
उनीहरु तालको बीचमा फसेको र उद्दारको प्रयास भइरहेको छ । घटनाको जानकारी पाउने बित्तिकै सुरक्षाकर्मी, नेपाली सेना, सशस्त्र प्रहरी बल र अन्य उद्धारकर्मी खटिएको प्रहरीले जनाएको छ ।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन ताल क्षेत्रमा रहेका सम्पूर्ण निजी डुंगा सञ्चालक, जल यातायात सेवा प्रदायक र स्थानीय स्वयंसेवकलाई सहयोग गर्न अपिल गरिएको सशस्त्र प्रहरी बल कालिका गणका प्रमुख प्रहरी उपरीक्षक सूर्य तिमल्सिनाले जानकारी दिए ।
पोखरामा भीषण वर्षा भइरहेकाले उद्दारमा कठिनाइ भइरहेको उनले बताए ।

