काठमाडौंका विद्यालयमा नेपाली बोल्दा विद्यार्थीलाई दण्ड ? महानगरले दियो यस्तो निर्देशन


काठमाडौं — काठमाडौं महानगरपालिकाले विद्यालयभित्र नेपाली भाषा बोल्ने विद्यार्थीलाई दण्डित गर्ने अभ्यास तत्काल बन्द गर्न निर्देशन दिएको छ।

महानगरले सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्र पठाउँदै शिक्षण माध्यम अङ्ग्रेजी भए पनि अन्य क्रियाकलापमा नेपाली भाषा प्रयोग गर्न नपाउने भन्दै दण्ड वा जरिवाना गरिँदै आएको गुनासोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

शिक्षा विभाग प्रमुख सुमन दाहालद्वारा जारी निर्देशनअनुसार, अंग्रेजी भाषामा पढाइ हुने विषयबाहेक विद्यालय परिसरभित्र नेपाली भाषा बोल्न नपाउने नीति लाद्न मिल्दैन। नेपाली भाषा बोल्दा कारबाही हुने कार्य शिक्षाको मर्यादा विपरीत भएको महानगरको ठहर छ।

प्रतिक्रिया