महाकाली नदीमा भारतको एकतर्फी तटबन्ध निर्माण रोक्न संसदमा माग


काठमाडौं –  नेपालसँग समन्वय विना महाकाली नदीमा एकलौटी रूपमा तटबन्ध निर्माण गरिरहेको भन्दै त्यसलाई रोक्नका लागि तत्काल कुटनीतिक पहल गर्न संसदमा सरकारको ध्यानाकर्षण गराइएको छ ।

काङ्ग्रेस सांसद दीलेन्द्रप्रसाद बडूले एकलौटी तटबन्ध निर्माण रोकका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘अन्तर्राष्ट्रिय कानुनको मान्यता अनुसार सीमा क्षेत्रमा संरचना निर्माण गर्दा दुबैपक्षको सहमति हुनुपर्नेमा भारतले एकलौटी रूपमा तटबन्ध निर्माण गरिरहेको छ । भारतले द्रुत गतिमा निर्माण अघि बढाइरहेको छ । यसलाई तत्काल रोक्न म परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय, भूमी व्यवस्था मन्त्रालय र ऊर्जा मन्त्रालयको ध्यानाकर्षण गराउँछु,’ उनले भने ।

विवादित ठाउँको निर्माण कार्य स्थगन गर्न उनले माग गरेका छन् । २०७७ सालेखि २०७८ वैशाखदेखिको अध्ययन प्रतिवेदनलाई ध्यानमा राखेर विवाद टुंग्याउन पनि उनले माग गरेका छन् । यस्तै, २०७८ वैशाख १ मा फिल्ड कार्यालय हटाएको भन्दै उनले तत्काल कार्यालय पुनर्स्थापना गर्न उनले माग गरेका छन् ।

प्रतिक्रिया