Click to toggle navigation menu.

आवासीय चिकित्सकको आन्दोलन जारी


काठमाडौं- सरकार र नेपाल चिकित्सक संघबीच सहमति भई आन्दोलन स्थगन भए पनि आवासीय चिकित्सकहरू भने अझै आन्दोलनमै छन्। उनीहरूले सरकारसँग कुनै सहमति नभएको भन्दै आफ्ना माग पुरा नहुँदासम्म संघर्ष जारी रहने बताएका छन्।

आवासीय चिकित्सकहरूको नेतृत्वमा रहेको ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’ले सरकारले पारिश्रमिक, सेवा सुविधा र कार्यस्थल सुरक्षासम्बन्धी समस्याहरूलाई वेवास्ता गरेको आरोप लगाउँदै आन्दोलन यथावत् रहेको स्पष्ट पारेको छ।

समितिका अनुसार चिकित्सा शिक्षा आयोगले निर्णय गरेअनुसारको पारिश्रमिक तीन महिनादेखि नपाएका चिकित्सकहरूलाई सरकारले निर्देशन त दिएको छ, तर कार्यान्वयनको कुनै गम्भीर प्रयास नगरेको भन्दै उनीहरू असन्तुष्ट छन्।

शनिवार राति जारी विज्ञप्तिमा समितिले भनेको छ, “निर्देशन र सहमतिको नाटक गर्नुको सट्टा समस्याको वास्तविक समाधानमा सरकार किन गम्भीर छैन?”

आन्दोलनरत चिकित्सकहरूले ८औं तहको (४८ हजार रुपैयाँ) मासिक तलब बराबरको निर्वाह भत्ता, निश्चित ड्युटी समय, र कार्यस्थलको सुरक्षा सुनिश्चित हुनुपर्ने माग गरेका छन्।

नेपालका विभिन्न मेडिकल कलेजमा आवासीय र अन्य चिकित्सकहरू ३२ दिनदेखि यिनै माग राखेर आन्दोलनरत छन्।

प्रतिक्रिया



थप समाचार

ग्रिनक्रस हस्पिटलमा शवबाट सुन गायब, अनुसन्धान सुरु

विराटनगर- विराटनगरको रंगेली रोडस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको कानबाट सुनको मुन्द्रा गायब भएको घटना सार्वजनिक  — विस्तृतमा

कंगोमा इबोला प्रकोप: डब्ल्यूएचओद्वारा अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्काल घोषणा

काठमाडौं-  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई “अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल”  — विस्तृतमा

कंगोमा इबोला भाइरसका कारण ८० जनाको मृत्यु

काठमाडौँ- कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको सङ्क्रमणबाट हालसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २४६ वटा शंकास्पद केसहरू  — विस्तृतमा

सरकारी अस्पतालमा करोडौंका उपकरण थन्किए

काठमाडौं – सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा करोडौं रुपैयाँ खर्च गरेर खरिद गरिएका अत्याधुनिक स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा रहेको  — विस्तृतमा

डडेल्धुराकाे अमरगढीका जनस्वास्थ्य अधिकृत सञ्चालक रहेको बोहरा मेडिकलमा ‘अवैध धन्दा’

काठमाडाैं– प्रेस्क्रिप्सन बिना साइकोट्रपिक औषधि बिक्री गरेको आरोपमा डडेल्धुराकाे बोहरा मेडिकलमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। जिल्लाको अमरगढी नगरपालिका–५  — विस्तृतमा

‘करेन्ट’, ‘लाली’ चाउचाउ र ‘ज्याक न्याक’ बिस्कुट बजारबाट फिर्ता गर्न विभागको आदेश

काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेका केही चर्चित ब्रान्डका चाउचाउ र बिस्कुट गुणस्तरहीन तथा स्वास्थ्यका  — विस्तृतमा

शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

काठमाडौं-  शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोटका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ। शिक्षा,  — विस्तृतमा

विराटनगरमा ठूलो परिमाणमा प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ

विराटनगर- विराटनगरमा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विशेष सूचनाका आधारमा परिचालित  — विस्तृतमा

सरकारी अस्पतालको जग्गा संरक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका प्रमुख सरकारी अस्पतालहरूलाई आफ्नो स्वामित्वमा रहेको जग्गा र भौतिक पूर्वाधारको सुरक्षा तथा  — विस्तृतमा

नक्कली भौचर बनाएर अस्पतालको ३८ लाख हिनामिना, बैंक कर्मचारीसहित ५ जना पक्राउ

काठमाडौं- कपिलवस्तुको शिवराज नगरपालिका–स्थित आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा लाखौँ रुपैयाँ हिनामिना गरेको आरोपमा अस्पताल र बैंकका पाँच जना  — विस्तृतमा

नर्सिङ दिवसमा बीएण्डबीमा सांस्कृतिक तथा सम्मान कार्यक्रम

काठमाडौं- बीएण्डबी अस्पताल तथा बीएण्डबी मेडिकल इन्स्टिच्युटमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । अस्पतालमा आयोजित एक कार्यक्रमका बीच अस्पताल  — विस्तृतमा

नेपालमा हान्टा भाइरसको जोखिम न्यून

काठमाडौं-  नेपालमा हान्टा भाइरस सङ्क्रमणको जोखिम अत्यन्त न्यून रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist