Click to toggle navigation menu.

आवासीय चिकित्सकको आन्दोलन जारी


काठमाडौं- सरकार र नेपाल चिकित्सक संघबीच सहमति भई आन्दोलन स्थगन भए पनि आवासीय चिकित्सकहरू भने अझै आन्दोलनमै छन्। उनीहरूले सरकारसँग कुनै सहमति नभएको भन्दै आफ्ना माग पुरा नहुँदासम्म संघर्ष जारी रहने बताएका छन्।

आवासीय चिकित्सकहरूको नेतृत्वमा रहेको ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’ले सरकारले पारिश्रमिक, सेवा सुविधा र कार्यस्थल सुरक्षासम्बन्धी समस्याहरूलाई वेवास्ता गरेको आरोप लगाउँदै आन्दोलन यथावत् रहेको स्पष्ट पारेको छ।

समितिका अनुसार चिकित्सा शिक्षा आयोगले निर्णय गरेअनुसारको पारिश्रमिक तीन महिनादेखि नपाएका चिकित्सकहरूलाई सरकारले निर्देशन त दिएको छ, तर कार्यान्वयनको कुनै गम्भीर प्रयास नगरेको भन्दै उनीहरू असन्तुष्ट छन्।

शनिवार राति जारी विज्ञप्तिमा समितिले भनेको छ, “निर्देशन र सहमतिको नाटक गर्नुको सट्टा समस्याको वास्तविक समाधानमा सरकार किन गम्भीर छैन?”

आन्दोलनरत चिकित्सकहरूले ८औं तहको (४८ हजार रुपैयाँ) मासिक तलब बराबरको निर्वाह भत्ता, निश्चित ड्युटी समय, र कार्यस्थलको सुरक्षा सुनिश्चित हुनुपर्ने माग गरेका छन्।

नेपालका विभिन्न मेडिकल कलेजमा आवासीय र अन्य चिकित्सकहरू ३२ दिनदेखि यिनै माग राखेर आन्दोलनरत छन्।

प्रतिक्रिया



थप समाचार

अस्पतालहरूमा स्वदेशी कपडा प्रयोग गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वदेशी कपडा प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले सङ्घीय अस्पतालदेखि आधारभूत/नगर अस्पतालहरुलाई उद्योग,वाणिज्य  — विस्तृतमा

नारायणी अस्पताल भवन निर्माणमा अनियमितता: पूर्व निर्देशक डा. सञ्जय ठाकुरसहितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं— नारायणी अस्पताल, वीरगंजको आकस्मिक कक्ष भवन निर्माणमा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका तत्कालीन निर्देशक  — विस्तृतमा

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार निःशुल्क

काठमाडौं — सरकारले महिलाहरूमा हुने पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र  — विस्तृतमा

काठमाडौंमा अत्याधुनिक राष्ट्रिय न्यूरो साइन्स केन्द्र स्थापना गरिने

काठमाडौं – सरकारले मस्तिष्क, मेरुदण्ड, मानसिक तथा स्नायु रोगको उपचारको लागि काठमाडौमा एक अत्याधुनिक राष्ट्रिय न्युरोसाइन्सेज केन्द्र स्थापना गर्ने  — विस्तृतमा

आवासीय चिकित्सकको भत्ता नदिए निजी मेडिकल कलेजको सम्बन्धन खारेज हुने चेतावनी

काठमाडौं- सरकारी तहकै जस्तो निर्वाह भत्ता माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकलाई समर्थन जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले  — विस्तृतमा

कालीमाटीमा बिक्रीका लागि ल्याइएको तने बोडीमा भेटियो ९५ प्रतिशत विषादी

काठमाडौं- कालीमाटीमा बिक्रीका लागि ल्याइएको तने बोडीमा ९५ प्रतिशतभन्दा बढी विषादी भेटिएको छ । सर्लाहीबाट बिक्रीका लागि ल्याइएको उक्त  — विस्तृतमा

स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्टहरूको माइतीघरमा प्रदर्शन

काठमाडौं— प्रत्येक स्थानीय तहमा एक जना फर्मासिस्टको अनिवार्य स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्टहरू बिहीबार माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्।  — विस्तृतमा

अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने

काठमाडौं – अब स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् ।  — विस्तृतमा

वीरकी नर्सिङ प्रमुख श्रेष्ठलाई कारबाहीको माग, पीडित कर्मचारीले दिए उजुरी

काठमाडाैं – वीर अस्पतालकी नर्सिङ प्रमुख संगीता श्रेष्ठलाई कारबाही माग गर्दै उनी मातहत कार्यरत पीडित कर्मचारीहरुले विभिन्न निकायमा उजुरी  — विस्तृतमा

डडेल्धुरामा दर्ता नगरी सञ्चालन गरेको फार्मेसी सिल

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका–४ प्रशासन रोडमा रहेको आयुषा फार्मेसी एण्ड बैजनाथ क्लिनिकलाई सिल गरिएको छ। औषधि व्यवस्था विभाग शाखा  — विस्तृतमा

बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्छौं : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताएका छन्। आँखा स्वास्थ्य क्षेत्रमा काम  — विस्तृतमा

उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीहरुको उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरुलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist