इजिप्ट र जोर्डनका विदेशमन्त्री इराकमा, आर्थिक, क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा छलफल


बग्दाद – इजिप्ट र जोर्डनका विदेशमन्त्री इराक पुगेका छन् । उनीहरु सोमबार इराक पुगेकाे बताइएको छ । उनीहरुले इराकका विदेशमन्त्रीसँग छलफल गर्ने छन् । उनीहरुको यो त्रिपक्षीय बैठकले यी देशका उच्चस्तरीय नेताहरुको बैठक तय गर्ने बताइएको छ ।

इराक, जोर्डन र इजिप्टका उच्चस्तरीय नेताहरुको संयुक्त बैठक हुन लागेको र सो बैठकको तयारीका लागि उनीहरु त्यसतर्फ गएकाे तथा इराकमा रहेका यहाँका विदेशमन्त्री समेतको छलफलबाट सो बैठक तय गरिने बताइएको छ ।

सोमबार यी तीन देशका विदेशमन्त्रीहरुको इराकको राजधानी बगदादमा छलफल भएको थियो । सो छलफलबाट पछिल्लो समयमा इराकका साथै अरु क्षेत्रीय राजनीतिका विषयमा के कसरी विकसित भइरहेको छ भन्ने बारेमा पनि छलफल भएको थियो ।

सो छलफलपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनीहरुले आगामी केही दिनमा नै यी तीन देशका उच्च नेताको बैठक आयोजना गर्ने बारेमा तयारी भएको बताइएको थियो ।

उक्त त्रिपक्षीय बैठकमा तेलको पाइपलाइन, उर्जा, बिजुलीका साथै अरु आर्थिक मुद्दाहरु र क्षेत्रीय र विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरुमा पनि छलफल भएको पनि तीन देशका विदेशमन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रतिक्रिया