एमाले नेता खनाल-नेपाल पक्षीय स्थायी कमिटी बैठक सुरु


काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष आन्तरिक रणनीतिका तय गर्न छलफलमा जुटेको छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि खनाल र नेपाल पक्ष आन्तरिक छलफलमा जुटेका हुन् । कलंकीस्थित मेगा बैंक्वेटमा नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरू छलफलमा बसेका छन् । देशव्यापी समानान्तर संरचना बनाउने नेपाल समूहको रणनीति छ ।

आजको छलफलबाट एउटा दिशा तय गरिने स्थायी समिति सदस्य घनश्याम भुसालको भनाइ छ। छलफलमा वरिष्ठ नेता झलनाथ खनालबाहेक सबै सहभागी भएका छन् ।

नेपाल समूहमा १४ जना स्थायी कमिटी सदस्य छन् । नेता नेपालसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, अमृत बोहरा, रघुजी पन्त, बेदुराम भुसालबीच छलफल जारी छ ।

प्रतिक्रिया