

हल्दिरामलाई तीन लाख रुपैयाँ जरिवाना

काठमाडौं- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हल्दिरामलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।
सतुङ्गलस्थित हल्दिराम ब्राण्डको आधिकारिक आयातकर्ताइम्पोटरले एमआरपी उल्लेख नभएका वस्तु बजार पठाउनका लागि तयार गरिएको फेला परेपछि उक्त जरिवाना गरिएको हो ।
विभागका वरिष्ट अधिकृत अमित झाले उक्त आयातकर्तालाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना तथा कारबाहि गरिएको जानकारी दिए । साथै कारोबारसमेत रोक्का गरिएको उनले बताए ।

