चितुवाको आक्रमणबाट दाउरा टिप्न गएकी ९ वर्षीया बालिकाको मृत्यु


बर्दिया – बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा दाउरा टिप्न गएकी एक ९ वर्षीया बालिकाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ।

गुलरिया नगरपालिका वडा नम्बर ६ र ८ को सीमाना नजिक रहेको मंतगा सामुदायिक वनमा दाउरा टिप्न गएकी गेरुवा गाउँपालिका–६ की मेलिना खड्कामाथि सोमबार बिहान चितुवाले आक्रमण गरेको हो। खड्का गुलरियामा आफन्तको व्रतबन्ध कार्यक्रममा सहभागी हुन आएकी थिइन्।

घटनास्थल नजिकै रहेको डम्पिङ साइटमा फोहोर फाल्न गएका सरसफाइकर्मीहरूले बालिकालाई फेला पारेका थिए। तर, घटनाका बारेमा जानकारी दिएका प्रहरी उपरीक्षक केदार खनालका अनुसार आक्रमणपछि बालिकाको मृत्यु भइसकेको थियो।

जिल्लाको गुलरिया र मधुवन क्षेत्रमा चितुवा आतंकले बढ्दो चिन्ता बढाएको छ। हालसम्म नौ वर्षीया मेलिना खड्का र अढाई वर्षीय अर्का एक बालकको चितुवाको आक्रमणमा मृत्यु भइसकेको छ। यस्तै, गुलरियाको बालापुर गाउँका दश वर्षीय सृजन चौधरी पनि चितुवाको आक्रमणबाट घाइते भएका छन् र हाल उपचाररत छन्।

यस विषयमा स्थानीय तह र सुरक्षा निकायहरू सतर्क रहन आग्रह गरिएको छ।

 

प्रतिक्रिया