वार्ताबाट शिक्षकहरुको समस्या समाधानको प्रयास गर्छु : नवनियुक्त मन्त्री पन्त


काठमाडौं-  नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाट शिक्षकहरुको समस्या समाधान गर्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार सिहंदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले शिक्षकहरुको मागबारे आफू जानकार भएपनि अहिलेसम्म भएका प्रयासहरुबारे जानकार नरहेको भन्दै जानकारी लिएपछि मात्रै यस विषमयमा बोल्ने बताएका हुन् ।

उनले भने, ‘सबै विषयमा मैले राम्रो जानकारी लिइसकेको छैन् । राम्रोसँग जानकारी नलिई विचार व्यक्त गर्न मिल्दैन् । अब बोल्ने भन्दापनि काम गर्ने ठाउँमा आएको छु । म वार्ताबाट समस्या समाधान गर्न प्रयास गर्छु । मेरो सम्पूर्ण ध्यान त्यता केन्द्रित हुन्छ । अहिले भन्ने त्यत्ति नै हो ।’

प्रतिक्रिया